साप्ताहिक संवाददाता
मंसिर २३, २०७५
रसियन टेनिस सुन्दरी मारिया सारापोभा लामो समयदेखि विश्वमै लोकप्रिय कार ब्रान्ड पोस्र्चेसँग जोडिएकी छिन् । उनी करिब एक दशक यता पोस्र्चेको ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत छिन् ।
जर्मन कार निर्माता कम्पनी पोस्र्चेले केही दिन अघि आइकनिक कारका रूपमा परिचित आठौं पुस्ताको पोस्र्चे ९११ लन्च गर्यो । उक्त अवसरमा लस एन्जेलसमा आयोजित ग्रान्ड गाला इभेन्टमा अन्य सेलिब्रेटीका साथ सारापोभा पनि उपस्थित थिइन् ।
सारापोभाको ब्युटीफुल आउटफिट तथा लुक्सबाट धेरै जना प्रभावित समेत भए । उक्त अवसरमा उनी पोस्र्चेका अर्का ब्रान्ड एम्बेसडर तथा पूर्व फर्मुला वान ड्राइभर मार्क वेबरसँग फोटोसुटमा सहभागी भइन् । सारापोभाले त्यो समय निकै स्मरणीय भएको भन्दै इन्स्टाग्राममा केही तस्बिर समेत पोष्ट गरेकी छिन् ।