साप्ताहिक संवाददाता
पप गायक एड्रिन प्रधान आज पोखरामा प्रस्तुत हुँदैछन् । पोखरा, न्युरोडस्थित भाटभटेनी सुपर मार्केटको माथिल्लो तल्लामा अवस्थित ‘पोखरा स्काई स्पोर्ट्स’ को ओपनिङका अवसरमा प्रस्तुत हुने ग्रान्ड कन्सर्टमा प्रधानका गीत सुन्दै रम्न पाइनेछ । तीनदिने ओपनिङ कार्यक्रमअन्तर्गत भोलि शनिबार स्वप्न सुमन र नट्टु शाहले माहोल तताउनेछन् । यसैगरी आइतबार गायक दीपक बज्राचार्यले दर्शक झुमाउनेछन् ।
ओपनिङको अवसरमा कन्सर्टसँगै फेसन शो, स्ट्यान्ड अप कमेडीलगायत विभिन्न मनोरञ्जक प्रस्तुतिसमेत समेटिने छन् । स्काई स्पोर्ट्समा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसँगै भर्चुअल रियालिटी प्ले स्टेसन आदिको सुविधा उपलब्ध छ ।
स्थान : पोखरा स्काई स्पोर्ट्स, न्युरोड, भाटभटेनी सुपर मार्केटको माथिल्लो तल्ला
प्रवेश : नि:शुल्क समय : साँझ ५ बजे
काहुडाँडामा लाहुरे
भोली शनिबार पोखरा–११ काहुडाँडामा आशिष राना लाहुरे प्रस्तुत हुँदैछन् । तेस्रो काहुँधरहरा महोत्सवमा उनका नेपहपमा रम्न पाइनेछ । भोलि दिउँसो प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, कुमार पुन, तारापति सुवेदी, सरला पाण्डे, काजल गुरुङ आदिले प्रस्तुति दिने छन् ।