साप्ताहिक संवाददाता
घुम्न जाँदा रमाइलो हुन्छ
शम्भु
तीनपाने टुच्च लगाउँदा साह्रै रमाइलो हुन्छ
बाबु श्री
बारीमा आगो ताप्दै आलु र सुठुनी पोली गफ गर्दै खानुको मज्जा नै फरक हुन्छ ।
टेकमान फेम्बु
जाडोमा केटाहरूसँगको महफिलमा जम्न पाउँदा मज्जा हुन्छ ।
कैलाश भट्टराई
स्पेसल पर्सनसँग हट–हट कफी पिउनुमा मज्जा हुन्छ ।
प्रशान्त
खै के भनुम् र ? आफ्नो त विवाहसम्म भा’ छैन ।
भिलेन
बिहानै ओपीडीको चिसो कुर्सीमा बसेर पीडित बिरामीको रोग निको भाको हेर्न पाउँदा ।
सुमन अधिकारी
एकातिर भन्छन्— कि दुई कि रुई
अर्कातिर भन्छन्— तेल लगाएर घाममा सुत्दा
एकथरी भन्छन्— घुम्न जान, पिकनिक खान
अर्को थरी भन्छन्— न्यानो कपडा लगाउन
कोही भन्छन्— दाउरा बालेर आगो ताप्न
केही भन्छन्— आन्दोलन गरेर सडक तताउन
तर मलाई जाडोमा आफ्नै जन्मदिनजस्तो रमाइलो अरू केही लाग्दैन ।
अशोक सुस्केरा
चिसो पानीले नुहाएर घाम ताप्दा साहै्र रमाइलो हुन्छ ।
देश प्रेमी
साथीहरू जम्मा हुने, आगो ताप्दै रम र सेकुवा खाने ।
बास्तोला यम
बिहान सिरक ओढेर मुभी हेर्न अनि दिउँसो साथीहरूसित घाम ताप्दै सुन्तला, बदाम खान पाउँदा औधी रमाइलो हुन्छ ।
जेठो छोरो
पुरानो जमानामा गुन्द्रुकसँग मकै–भटमास खान र आधुनिक जमानाका सिरकभित्र मोबाइल चलाउन । के गर्ने रात लामो हुन्छ, दिनको प्रतीक्षामा त्यति रमाइलो त गर्नैपर्यो ।
मोहनप्रसाद मैनाली
साथीहरूसँग आउटिङमा क्याम्प फायर गर्दै दुई–चार पेग रम तथा दुई सिल सेकुवा खाएर रेला गर्न रमाइलै हुन्छ ।
विष्णु जोशी
तातो कफी पिउँदा सबैभन्दा रमाइलो हुन्छ ।
राजन बराल
बिहान उठ्ने बेलामा एकछिन अझै सुतेर उठ्छु, थोरै अझै सुत्छु भन्दै सुत्नुमा जुन रमाइलो छ अरूमा छैन । त्यही भन्दाभन्दै ९ बजेको थाहा हुँदैन । यही नै रमाइलो हुन्छ ।
एचआर गौतम
विवाह गरेपछि थाहा हुन्छ । सबै समस्याको समाधान पनि हुन्छ ।
शैलेन
होस्, नभनौं ।
कुमारजी
माया–पिरती गाँस्दा ।
नीलगिरी
भनेर के गर्नु ? जाडो हट्ने होइन ।
किरन
रेस्लिङ खेल्दा रमाइलो हुन्छ ।
प्रकाश
लोकल कुखुराको झोलसँग रम पिउँदा मज्जा आउँछ ।
मुक्ति
स्पामा मसाज गराएर हट लेमन पिउँदै गीत सुन्न पाउँदा रमाइलो लाग्छ ।
सुनिल कार्की
भन्नै लाज लाग्छ ।
नवीन श्रेष्ठ
चिसो पानीले अरूलाई भिजाउँदा सार्है रमाइलो हुन्छ ।
संयोग योन्जन
ब्ल्यांकेटभित्र पसेर मोबाइल चलाउँदा मज्जा आउँछ ।
स्वफ्टी क्रिष्टि
आफूले आफैंलाई व्यस्त राख्दा रमाइलो हुन्छ ।
अशोक केसी
विशेष मान्छेसँग बसेर तातो कफी पिउन पाउँदा रमाइलो लाग्छ ।
विकास श्रेष्ठ
जाडोमा चिसापानीतिर गएर नुहाउँदा सबैभन्दा रमाइलो हुन्छ ।
आकाश आरभ
दिनमा कि रातमा ? प्रश्न स्पष्ट भएन ।
पुष्प उदास
जाडोमा जोडी भए मात्र रमाइलो हुन्छ ।
प्रकाश पाण्डे
एक्लै सुत्दा जाडो हुन्छ, बाँकी कुरा त बुझ्नुभो नि ?
अबु अन्जान
भो, भन्दिनँ ।
लामिछाने काजी