साप्ताहिक संवाददाता
चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण टीमले ट्रेलर सार्वजनिक गरेको हो । यस अघिनै चलचित्रको एउटा गीत तथा पोस्टर सार्वजनिक भैसकेको छ ।
यो चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउतले शिर्ष भूमिकामा रहेर अभिनय गरिरहेका छन् । बालकलाकार स्वर्णीम पौडेल यहि चलचित्र मार्फत डेब्यु गर्दै छन् ।
ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरी चलचित्रको कथा घुमेको आंकलन चलचित्रको सार्वजनिक ट्रेलर हेरेर गर्न सकिन्छ ।
विपिन,सुरक्षा र बर्षाका साथ अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिन्छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई दिपेन्ऽ लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।
चलचित्रमा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् भने शिव परियार, धुर्व विस्को, एन्जिला रेग्मी लगायतका गायक गायिकाले यो चलचित्रका गीत गाएका छन् । चलचित्र माघ १८ बाट प्रदर्शनको प्रचारमा छ ।
गोपी ट्रेलर :