साप्ताहिक संवाददाता
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणाको प्रेममा छिन् । मिडियामा प्रेमी होइन भन्ने साम्राज्ञीले अप्रत्यक्ष रूपमा भने आफैंले ती प्रेमीलाई सार्वजनिक गर्ने गरेकी छिन् । केही दिनअघि चलचित्र मारुनीको घोषणा सभामा पनि साम्राज्ञी प्रेमी देवांशसँग एकसाथ मिडियामा आउन चाहिनन् ।
जबकि प्रेमीकै गाडीको अघिल्लो सिटमा बसेर उनी कार्यक्रम स्थलमा पुगेकी थिइन् । उक्त कार्यक्रममा खासै कसैसँग चिनजान नभएका कारण देवांश साम्राज्ञीको तस्बिर खिच्न व्यस्त भए । उनीहरूले अप्रत्यक्ष रूपमा कुराकानी गरिरहे । कतिबेला मेकअप रूपमा गएर, कतिबेला फोनमा कुराकानी गरेजस्तो गर्दै उनीहरूले सकेसम्म आफ्नो प्रेम लुकाउने प्रयास गरे ।
मिडियाको नजरमा सकेसम्म नपर्न उनीहरूले अन्तिममा एउटा उपाय रचें, देवांश गाडी लिएर एक्लै कार्यक्रमबाट निस्किए, साम्राज्ञी साथीको स्कुटरमा फर्किन् । देवांश गौरीधारामा साम्राज्ञीकै प्रतीक्षामा बसेका थिए ।