साप्ताहिक संवाददाता
सायद यो मंसिरमा विवाह गर्ने मान्छेले भन्या हुनुपर्छ – हनिमुन मनाउँदा–मनाउँदै पुस महिना सकिएको पत्तो नभएर होला पुस फासफुस भन्या चैं ।
सानु राजा
रात लामो सुतेरै सकिन्छ, दिन छोटो पत्तै नपाई सकिन्छ । त्यसैले पुस फासफुस ।
रामचन्द्र नेपाल
पुस जाडो महिना त्यसमा पनि दिन छोटो रात लामो भएकाले एकदमै चाडो बित्छ, दिन गएको पत्तै हुँदैन । त्यसैले पुसलाई फासफुस महिना भनिन्छ ।
राजन भट्टराई
यो महिना बढी हुस्सु लाग्ने हुनाले प्राय: घाम नदेखिकनै फासफुस भएर जाने भएकाले ।
भेघा राई
मेरो बाजेसँर्ग सोधेर भन्छु है ।
डिल्लीराज अर्याल
यस्ता कुरा छोडीदिऊँ महिनाभर काम गरेर ज्याला थाप्नेहरूसँग सोधौं के हो फासफुस भन्ने कुरा ।
याम्बुछा बाहिङ
लामो रात पनि रुइ, फुइ र दुई भए सहजै जान्छ । बाहिरको वातावरण चिसो भैदिनाले राम्रो निन्द्रा पर्छ अनि फुसफुस गर्दै निदाउन पाइन्छ त्यही भएर पुस फासफुस भनेको ।
नरेश बराल
अल्छीका लागि उपयुक्त महिना भएकाले ।
श्रीकृष्ण आचार्य
छोटा दिन बितेको पत्तै नहुने र महिना चाँडो बित्ने भएकाले फास्ट पुस (पौष) भनिएको हो पछि बोल्दै जाँदा बिगारेर फासफुस भनियो ।
निसान
पुषमा शुभकार्य गर्न उचित नमानिएकाले ।
आर थापा
छोटा दिन, त्यसमाथि जाडो, तातो खोज्दा–खोज्दै दिन पत्तै नपाइ सकिन्छ त्यसैले पुसलाई फासफुस भनिएको ।
सुदर्शन न्यौपाने
लास्टै जाडो, जति चेपीएनी तातो नहुने हुँदा ।
टेकेन्द्र विष्ट
पुस महिना कति बेला सुरु हुन्छ र कतिबेला सकिन्छ भन्ने पत्तै हुँदैन त्यसैले ।
गौरभ लिम्बू
जाडोले सताउने र न्यानो पछ्याउने लुकामारीमा चाँडै समय जाने भएकाले पुस फासफुस ।
विनोद भण्ढडारी
पुषमा सुरु भएको कामको फल राम्रो हुँदैन रे त्यसैले ।
प्रच्यो विवश
२८ को महिना भएर होला ।
वी श्रेष्ठ