साप्ताहिक संवाददाता
नयाँ वर्ष– २०१९ को अघिल्लो रात पोखरामा द एक्स ब्यान्ड प्रस्तुत हुने भएको छ । पोखरामा आयोजित २० औ संस्करणको सडक महोत्सव स्थल कोमागाने पार्कमा हुने उक्त कन्र्सटमा संगीतमा रम्दै नयाँ वर्षको स्वागत गर्न पाइनेछ । कन्सर्टमा मंगोलियन हर्ट तथा र्यापर समिर घिसिङ भिटेनसमेत प्रस्तुत हुनेछन् । उक्त कार्यक्रम राति १ बजेसम्म चल्नेछ ।
सोही दिन पोखरा घारिपाटनको सांग्रिला भिलेज रिसोर्टमा पार्टी नाइट आयोजित हँुदैछ । साँझ ७ बजे प्रारम्भ हुने पार्टी नाइटमा अडियो फार्म ब्यान्ड तथा डिजे सेसन आकर्षणका रूपमा रहनेछन् ।
पोखरा लेकसाइडस्थित पप डान्सिङ बोटमा न्यू इयर फर्टुन पार्टी हुँदैछ । उक्त पार्टीमा ललित सिंह एन्ड यू एन बी सँगै स्थानीय ब्यान्डको प्रस्तुति तथा डिजे सेसनले न्यु इयर इभलाई विशेष बनाउनेछ । बेलुका ८ बजे प्रारम्भ हुने यो कार्यक्रममा सहभागी हुन १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
द लेकसाइड रिट्रिटमा समेत न्यू इयर इभमा विशेष कार्यक्रम हुनेछ, जहाँ सूर्योदय कला केन्द्र एवं शब्द ब्यान्डको प्रस्तुतिसँगै डिजे मनिषको तालमा गाला डिनरमा रमाउन सकिनेछ भने होटल पोखरा ग्रान्डमा समेत कल्चरल डान्स, डिजे सेसन एवं लाइभ ब्यान्डको प्रस्तुति हुनेछ
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको १५ औं सस्करणको लेखनाथ महोत्सवमा भोलि शनिबार साँझ पुष्पन प्रधान तथा आरती सापकोटा प्रस्तुत हुनेछन् । त्यसअघि दिउँसो खुमन अधिकारी, शंकर विरही गुरुङ, शिवहरि ढुगांना, देवी घर्ती, माया केसी तथा सजना बाँस्तोलाको प्रस्तुतिमा रम्न पाइनेछ ।
स्थान : पोखरा महानगरपालिका, तालचोक लेखनाथ, कास्की
समय : बिहान ११ बजेदेखि राति ८ बजेसम्म
प्रवेश : दिउँसो ६० रुपैयाँ, साँझ १ सय रुपैयाँ
निलिमा साँझ
नेपाल आइडलको सिजन टुबाट चर्चामा आएकी पोखराकी निलिमा थापामगरको उपस्थितिमा कन्सर्ट हुुँदैछ । अंग्रेजी नयाँ वर्षको अवसरमा नीलिमा थापामगर सहयोग समितिले यो कन्सर्टको आयोजना गर्न लागेको हो । उक्त अवसरमा नेपाली गीत, संगीतसँगै सांस्कृतिक नृत्य प्रदर्शन हुने बताइएको छ ।
स्थान : पोखरा ंउद्योग वाणिज्य
संघ हल, गैरापाटन
लेकसाइड न्यु इयर फेस्टिभल
प्रोफेसनल ट्रेकिङ गाइडको आयोजनामा आज शुक्रबार पोखराको लेकसाइडमा न्यू इयर फेस्टिभल हुँदैछ । यो फेस्टिभलमा विभिन्न मनोरञ्जक कार्यक्रम सञ्चालन हुनेछन् जहाँ लेकसाइड घुम्दै, नयाँ–नयाँ परिकारको स्वाद लिन सकिनेछ ।
हाइट एन्ड ड्राइ न्यू इयर पार्टी
पोखरा इभेन्टसको आयोजनामा सोमबार हाइट एन्ड ड्राइ न्यू इयर पार्टीको आयोजना हुँदैछ । देउरालीस्थित लेक फ्रन्ट गेस्ट हाउसले आयोजना गर्ने पार्टीमा नेदरल्यान्ड तथा फ्रान्सका कलाकारहरूको उपस्थिति रहनेछ । उक्त अवसरमा विदेशी कलाकारहरूको प्रस्तुतिसँगै क्याम्प फायरको समेत मज्जा लिन सकिनेछ ।
भोलि शनिबार टुर दि पोखरा
साइकल सिटी पोखराको आयोजनामा भोलि पुस १४ गते शनिबार टुर दि पोखरा हुने भएको छ । ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ सञ्चालन हुने ३० किलोमिटर लामो उक्त टुरमा धरान, नेपालगन्ज काठमाडौं, कैलाली आदि जिल्लाको सहभागिता रहने बताइएको छ । पोखरा रंगशालाबाट शनिबार बिहान ७ बजे सुरु हुने र्याली बुद्धचोकबाट प्रारम्भ भै पृथ्वीचोक हुँदै
रंगशालामा पुग्नेछ ।