साप्ताहिक संवाददाता
पुस २०, २०७५
आज शुक्रबार झम्सिखेलस्थित मोक्ष बार एन्ड लाउन्जमा पाजीको लाइभ पर्फमेन्स हुँदैछ । बर्लिनका पाजीले क्लासिकल बाजाहरूको सहयोगमा इलेक्ट्रोनिक म्युजिक उत्पादन गर्ने काममा ख्याति कमाएका छन् ।
बफ ड्याडीको आयोजनामा यो लाइभ साँझ ५ बजे प्रारम्भ हुनेछ, जसका लागि १ हजार ५ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । उक्त रकम तिरेपछि एउटा बियरसमेत उपलब्ध हुने बताइएको छ ।