साप्ताहिक संवाददाता
संस्कृतिमा आधारित थारु चलचित्र भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित चलचित्र सत्य घटनामा आधारित छ ।
दशैं नजिकिएसँगै थारु गाउँमा सख्या नाच नाच्ने चलन छ । थारु गाउँका किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारि अवस्थाले नाच्न पाउँदैनन् । आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सख्या नाच्ने रहर अधुरो हुन्छ ।
त्यही परिवारको घटनाक्रमलाई भुरभुरा रहरमार्फत् देखाउन खोजेको निर्देशक मदन चौधरीले जानकारी दिए । चलचित्र थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए ।
थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको चलचित्रमा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र सुशील चौधरीले लेखेका छन् ।
चलचित्रको ट्रेलर :