साप्ताहिक संवाददाता
भोलि शनिबार पोखरा सभागृहमा पाल्पाली सांगीतिक साँझ हुँदैछ जसमा पाल्पाको मौलिक संस्कृतिका रूपमा रहेको वालन, कौरा, सोरठी (मारुनी) आदि नृत्य प्रदर्शन हुनेछ । उक्त अवसरमा पाल्पाको पहिचानका रूपमा रहेका पाल्पाली करुवा, ढाकाका साथै आलुको चुकाउनी, बटुक (बारा) आदि परिकारको स्टलसमेत रहनेछ ।
यो कार्यक्रममा कलाकार राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसी, नवीन पौडेल, जमुना राना, शान्ति डोटेल आदि सहभागी हुँदैछन् । मध्यान्ह १२ बजे प्रारम्भ हुने यो कार्यक्रम पाल्पाली समाज, पोखरा स्थापना भएको २५ वर्ष पुगेको अवसरमा आयोजित गरिएको हो ।
राजाराम पौडेल
डेजा भूमा ग्लो ब्यांकक
दरबारमार्गस्थित क्लब डेजा भूमा भोलि शनिबार साँझ ५ बजे ग्लो ब्यांककले नृत्य प्रस्तुत गर्दैछ । यो पार्टीमा आफंै पनि नाच्न सकिनेछ । यो रमाइलोमा सहभागी हुन सामान्य टिकटको १ हजार तथा भिआइपी टिकटको १ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।