साप्ताहिक संवाददाता
माघ ४, २०७५
भोलि शनिबार अरुण थापाचोक, झम्सिखेलस्थित बेस क्याम्प : आउटडोर लाइफ स्टाइलमा क्रिसेन्डो म्युजिक फेस्टिबल हुँदैछ । साँझ ६ बजे प्रारम्भ हुने उक्त म्युजिकल फेस्टिबलमा फ्रान्सको कान्टा ड्याब ड्याब म्युजिकल ब्यान्डले प्रस्तुति दिने बताइएको छ । यो कार्यक्रमको प्रवेश शुल्क ४ सय रुपैयाँ छ ।
विकेन्ड इभेन्ट
आज शुक्रबार टंगाल, भाटभटेनीस्थित स्टेरेस रुफटप लाउन्ज एन्ड बारमा फ्राइडे भाइब्सको आयोजना हुँदैछ । यो कार्यक्रम साँझ ५ बजे कार्यक्रम प्रारम्भ हुनेछ ।
०००
कुमारीपाटी, ललितपुरस्थित नाइट बज्मा साँझ ७ बजे फ्राइडे नाइट लाइभ प्रस्तुत हुँदैछ, जसमा क्यासकेड ब्याण्डले प्रस्तुति दिँदैछ ।