• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
नेपाली चलचित्र लगातार  फ्लप हुनुको कारण के होला ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रस्तुति: महेश तिमल्सिना

नेपाली चलचित्र लगातार  फ्लप हुनुको कारण के होला ? 
माघ ७, २०७५

चलचित्रको व्यापार भनेको समुन्द्रको छालजस्तै हो । कहिले धेरै कहिले थोरै । नेपाली चलचित्र पनि समयअनुसार फ्लप र हिट हुन्छन् । पछिल्लो समयको कुरा गर्नुपर्दा दर्शकको रुचि, चाहना र अपेक्षाविपरीत नेपाली चलचित्र निर्माण हुँदा फ्लप हुन थालेका हुन् । अर्को कुरा, कथालाई गतिलो ढंगले प्रस्तुत गर्न नसक्नु पनि चलचित्र फ्लप हुनुको कारण हो । अब यसबाट चलचित्रकर्मीहरूले पाठ सिकेर दर्शकको चाहना र अपेक्षाअनुरूप चलचित्र निर्माण गर्ने हो भने सुधार आउन सक्छ । 

राजेश हमाल, अभिनेता 

संसारमा सबैभन्दा गाह्रो काम भनेकै चलचित्र बनाउने हो, तर नेपालमा भने सबैभन्दा सजिलो काम चलचित्र निर्माण गर्ने नै भएकाले अधिकांश चलचित्र फ्लप भएका हुन् । अर्को कुरा, नेपालमा हतारमा चलचित्र बनाउने अनि फुर्सदमा पछुताउने चलन छ । हामीले चलचित्रमा समय खर्चेर राम्रो बनाउने अनि राम्रो काम गरेछु भनेर फुर्सदमा खुसी हुनुपर्ने वातावरण बनाउनुपर्छ ।

जितु नेपाल, हास्य अभिनेता 

पहिले–पहिले वर्षमा दुई–तीनवटा चलचित्र बन्थे, जसले गर्दा चलचित्र राम्रो भए पनि नराम्रो भए पनि हिट हुन्थ्यो, तर अहिले महिनैपिच्छे दर्जनौं चलचित्र बनिरहेका छन् । त्यसमा राम्रो चलचित्र चलेका पनि छन्, अलि नराम्रो अनि हतार गरिएका चलचित्र भने फ्लप भएका छन् । 

मिथिला शर्मा, अभिनेत्री 

दर्शकभन्दा धेरै चलचित्र बनेर तथा लगानी गरेर चलचित्रमा अभिनय गर्ने प्रवृत्ति बढेका कारण नेपाली चलचित्र लगातार रूपमा फ्लप हुन पुगेका हुन् । 

बद्री पंगेनी, गायक 

पहिलो कुरा त स्क्रिप्ट नै बलियो नहुनु हो । अर्को कुरा फूलजस्ता सुन्दर कथा उन्ने धागो गतिलो नहुनाले पनि चलचित्र फ्लप भएका हुन् ।

दीपाश्री निरौला, अभिनेत्री 

पहिलो कुरा त कुनै पनि चलचित्र राम्रोसँग निर्माण भएको हुँदैन, तर त्यसलाई राम्रो छ भनेर मिडियाबाजी गरिन्छ अनि अर्को कुरा, राम्रो निर्देशक नभएकाले पनि चलचित्र फ्लप बन्न पुगेका हुन् ।

सञ्चिता लुइँटेल, अभिनेत्री 

दर्शकको माग अनि बजार बुझेर चलचित्र निर्माण नहुनाले नेपाली चलचित्र नियमित रूपमा फ्लप हुँदै आएका छन् । चलचित्र निर्माण गर्दा कास्टमा ध्यान नदिनु पनि यसको अर्को कारण हो । 

असिम शाह, निर्देशक 

हप्तैपिच्छे चलचित्र प्रदर्शन हुनु पनि यसको एउटा कारण हो । अर्को कुरा, स्क्रिप्टमा कम मेहनत अनि चाँडो सुटिङ सिध्याउन हतार गरिन्छ, जसले गर्दा चलचित्र फ्लप होइन सुपर फ्लप हुन पुग्छ । 

शंकर बीसी, निर्देशक तथा मोडल 

मौलिक र यथार्थ विषयलाई आकर्षक ढंगले प्रस्तुत गर्न नसकेकाले नेपाली चलचित्र फ्लप हुन पुगेका हुन् । 

लक्ष्मण शेष, संगीतकार 

गीत–संगीत अनि चलचित्रका सम्बन्धमा केही अध्ययन नै नगरी आँखा चिम्लिएर पैसा फ्याँक्न सक्ने साहुुजीहरूको बिगबिगीले गर्दा नेपाली चलचित्रको यो हालत भएको हो । 

निर्मल शर्मा, अभिनेता 

नेपाली चलचित्र क्षेत्रमा एउटा ब्रान्डले राम्रो चलचित्र बनाउँछ । फलस्वरूप उक्त चलचित्र सुपर हिट हुन्छ । त्यही ब्रान्डलाई पछ्याउँदै अर्कोले त्यस्तै प्रकृतिको चलचित्र बनायो भने त्यो सुपर फ्लप हुन पुग्छ । पछिल्लो समय पनि सबैले एउटा ब्रान्डलाई पछ्याएको र कुनै परिवर्तन ल्याउन नसकेका कारण चलचित्रहरू फ्लप भएका हुन् । 

नीर शाह, अभिनेता 

चलचित्र फ्लप हुने र हिट हुने भन्ने कुरा स्क्रिप्टमा भर पर्छ, तर अहिले स्क्रिप्ट राम्रो भए पनि प्रस्तुतीकरण कमजोर भएका कारण अधिकांश चलचित्र फ्लप भएका छन् ।

दीपेन्द्र के खनाल, निर्देशक 

चलचित्र फ्लप हुने कि हिट हुने भन्ने कुरा दर्शकको हातमा हुन्छ, साथै कथाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । पहिलेका चलचित्रमा कथा एकदमै राम्रो हुन्थ्यो, तर पछिल्लो समयका चलचित्रमा कथा नै नभएका कारण पनि ती फ्लप हुन पुगेका हुन् । 

भुवन चन्द, अभिनेत्री 

नेपाली चलचित्र नियमितजसो फ्लप हुनुका अनेकन कारण छन् । पहिलो कुरा त हप्तैपिच्छे चलचित्र प्रदर्शन हुनु, चाहिनेभन्दा बढी संख्यामा चलचित्र निर्माण हुनु, त्यसमा पनि राम्रा चलचित्र नहुनुले नेपाली चलचित्र फ्लप हुन्छन् । 

सोभिता सिंखडा, अभिनेत्री 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik