साप्ताहिक संवाददाता
माघ ७, २०७५
प्रियंका चोपडा विवाहपछि आफ्ना श्रीमान्सँग निकै इन्जोय गरिरहेकी छिन् । उनी अहिले आफूहरूको घुमघामका विभिन्न तस्बिर सेयर गरिरहेकी छिन् । विवाहलगत्तै खाडी मुलुकमा हनिमुन मनाएर फर्किएको यो जोडी पुन: दोस्रो पटक हनिमुनका लागि क्यारेबियन क्षेत्र पुगेको छ ।
उनीहरूको यसपटकको हनिमुनलाई पनि मिडियाले समाचार बनाएका छन् । यसअघि प्रियंकाले एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवन तथा श्रीमान् निक जोन्सबारेमा केही खुलासासमेत गरेकी थिइन् ।
भोगको जनवरीको अंकका लागि फोटोसुटसँगै दिएको अन्तर्वार्तामा प्रियंकाले भनेकी छिन्, ‘उनी निकै शान्त र प्यारा छन् अनि मेरो निकै केयर गर्छन् ।’ प्रियंका अब तेस्रो पटक हनिमुनका लागि कतै जान्छिन् कि जाँदिनन् ? त्यो भने हेर्न बाँकी नै छ ।