साप्ताहिक संवाददाता
चलचित्र समर लभको दोस्रो गीत सार्वजनिक भएको छ । यहि माघ २५ गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्रको ‘हेरन बाँझो मनभरी’ बोलको गीत सार्वजनिक गरिएको हो । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक गीतमा चलचित्रका शिर्ष कलाकार आशिष र रेवतीलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।
मुस्कान ढकालले निर्देशन गरेको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले लगानी गरेका छन् । बिनोद अधिकारी चलचित्रका कार्यकारी निर्माता रहँदा एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सह–निर्माता हुन् । चलचित्रमा आशिष र रेवतीका साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो चलचित्रको ट्रेलरसँगै यसअघि सार्वजनिक ‘साया’ बोलको गीतले राम्रै चर्चा पाएको छ । चलचित्रमा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।
हेरन बाँझो मनभरीको भिडियो :