साप्ताहिक संवाददाता
राकेश श्रेष्ठ जत्तिका भलादमी खेलाडी नेपाली फुटबलमा पाइँदैनन् पनि भनिन्छ । राकेशले लामो समय राष्ट्रिय टिमको कप्तानी समेत गरे । खेल्न छाडेयता उनी प्रशिक्षक भएका छन् । यिनै राकेशले यसै साता आफ्नो जन्म दिन मनाएका छन् । फेसबुकमा उनलाई जन्मदिनको बधाई दिनेहरूको ओइरो छ । यो त भयो, फेसबुके बर्थडेको कुरा । त्यसको केही दिनअघि मात्र उनले तिथि अनुसार पनि जन्मदिन मनाएका थिए ।
राकेश फेसबुकमा आफ्नी श्रीमती पुनम श्रेष्ठको तस्बिर सेयर गर्न खुबै रूचाउँछन् । उनीहरूका अकेकौं तस्बिर फेला पर्छन् फेसबुकमा । भनिन्छ, खेलाडी छँदा काठमाडौं बाहिर खेल्न गएका बेला राकेश घण्टौं श्रीमतीसँग फोनमा कुरा गर्थे, त्यो पनि लुकेर ।
खासमा राकेश निकै लजालु स्वभावका छन् । जन्मदिनका अवसरमा पुनमले पनि राकेशलाई शुभकामनासहित आफूहरूको तस्बिर सेयर गरिन् । उक्त तस्बिरमा पनि राकेश लजाएकै देखिन्छन् ।