साप्ताहिक संवाददाता
माघ १४, २०७५
गत शनिबार डान्स च्याम्पियनसिप लिग २०७५ सम्पन्न भएको छ । जसमा १५ वर्ष मुनिका १ सय ५० जना वालवालिकाहरुले अडिसन राउण्डमा भाग लिएका थिए । त्यसमध्ये उत्कृष्ट १० छानिएका थिए । ग्रान्ड फिनालेबाट आदर्श लामा प्रथम, खुसी कट्टेल दोस्रो, सलिना मगर तेस्रो छनौट भए ।
लामा, कट्टेल र मगरले पहिलो, दोस्रो र तेस्रो भए बापत क्रमश प्रथम ५० हजार, ३० हजार र २० हजार रुपैंयाँ हात पारे । रोजन बलामी, गंगा लामा, रिदम घिसिङ, आलोक बोहरा, किम गुरुङ, दिक्षा पौडेल, सिया थापामगर उत्कृष्ट १० भित्र पर्न सफल भए ।
यसमा कोरियोग्राफी जनक चौधरी र सुमन श्रेष्ठले गरेका थिए । बालुवाटार टुँडालदेवीस्थित फ्युजन डान्स सेन्टरद्वारा डान्स च्याम्पियनसिप लिग २०७५ को आयोजना गरिएको हो ।