युवावर्गलाई लक्षित गरी रुपन्देहीका बुटवल र भैरहवामा सुविधायुक्त लाउन्ज बारहरू खुल्ने क्रम बढ्दो छ । बुटवलमा मात्र दुई दर्जनभन्दा बढी लाउन्ज बार छन् । आकर्षक सजावटयुक्त ती लाउन्जका विशेषता सुन्दर फर्निचर तथा म्युजिक सिस्टम पनि हुन् ।
दुई महिनाअघि झन्डै ४ करोड रुपैयाँको लगानीमा बुटवलस्थित योगीकुटीमा खुलेको सिटी भिलेज लाउन्ज बारले धेरैको ध्यान तान्दै आएको छ । कुटुम्ब ब्यान्डको सांगितिक कार्यक्रमसँगै शुभारम्भ भएको उक्त लाउन्जमा सेवाग्राही आउने क्रम बढ्दो छ ।
पोल्यान्ड, डेनमार्क तथा मलेसियामा लामो समय अनुभव बटुलेका हेमन्त थापाले सञ्चालनमा ल्याएका हुन्– सिटी भिलेज । लाउन्जको माथिल्लो तल्लामा खुल्ला गार्डेन रेस्टुराँ छ, जहाँबाट मनोरम दृश्य अवलोकन गर्दै विभिन्न परिकारको स्वाद लिन सकिन्छ । अहिले बुटवल, भैरहवा तथा देवदह क्षेत्रमा दुई दर्जनभन्दा बढी लाउन्ज छन् जहाँ पब र बारको सुविधासमेत छ ।
यहाँका लाउन्जहरूमा दैनिक सांगीतिक कार्यक्रम प्रस्तुत हुने गरेका छन् । काठमाडौंबाट झिकाइएका डिजाइनरहरूले यहाँका लाउन्जको आकर्षक सजावट गरेका छन् भने आकर्षक गार्डेनले सबैको मन लोभ्याउँछ । यस्ता लाउन्जमा पार्किङको कुनै समस्या बेहोर्नु पर्दैन ।
केही प्रमुख लाउन्ज
बुटवल दरबार क्याफे म्युजिक लाउन्ज
स्पाइस लाउन्ज रेस्टुराँ एन्ड बार
लाइम एन्ड लेमन लाउन्ज क्याफे
बिट्पोर्ट लाउन्ज
निर्भाना रेस्टुराँ, लाउन्ज एन्ड बार
डार्कउड् रेस्टुराँ एन्ड लाउन्ज बार
डोको रेस्टुराँ एन्ड लाउन्ज बार
क्वीन्स लाउन्ज क्लब
ओजाज लाउन्च बार
ग्लालेक्सी रेस्टुराँ
मिलेनियम लाउन्ज बार
कन्सेप्ट पब एन्ड क्लब