साप्ताहिक संवाददाता
माघ २०, २०७५
नेपाली क्रिकेट टिम अहिले यूएईमा खेलिरहेको छ र धेरैले अनुभव पनि गरिरहेका होलान्, उक्त टिममा शरद भेषवाकर पनि भएका भए कति राम्रो हुन्थ्यो ? फेरि अर्को दृष्टिकोण पनि छ, टिममा नयाँ र युवा खेलाडीको आगमनले शरदलाई पुनरागमन गर्न गाह्रो समेत पार्न सक्छ ।
नेपाली क्रिकेटका सर्वाधिक महत्त्वपूर्ण खेलाडीमध्येका एक शरद खासमा बिरामीका कारण यूएई नगएका हुन् । उनमा देखिएको समस्या हो, भिटामिन ‘डी’ को कमी । त्यसैले उनी घरमै आराम गरिरहेका छन् । सम्भवत: यही कारणले शरदले धनगढी प्रिमियर लिग पनि खेल्ने छैनन् ।