साप्ताहिक संवाददाता
माघ २३, २०७५
चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । पौडेलले बुधबारबाट लागु हुनेगरी राजीनामा दिएकी हुन् ।
उनले आफ्नो १४ महिने कार्यकालमा काम गर्नका लागि पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका ढोकाहरु खुलाउने प्रयास गरेको विज्ञप्तिमार्फत् जनाएकी छन् । उनको कार्यकालमा पहिलो पटक बक्स अफिस प्रणाली सुरुआत भएको थियो । उनी २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन् ।
उनले निजी जीवनमा व्यस्त हुनु पर्ने भएकाले राजीनामा दिएको स्पष्ट पारेकी छन् । पौडेलले दुई हप्ता अगाडि सञ्चारकर्मी रवि लामिछानेसँग पेपर म्यारिज गरेकी थिइन् ।