• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
बलिउडका आइकोनिक लभ स्टोरी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बलिउडका आइकोनिक लभ स्टोरी
माघ २९, २०७५

बलिउडमा केही यस्ता सम्बन्ध बने जसलाई कैयौं वर्षपछि पनि स्मरण गरिन्छ । सबै किसिमले पर्फेक्ट मानिए पनि अन्तत: ती सम्बन्धले निरन्तरता पाएनन् । आइकोनिक लभ मानिएका ती लभस्टोरीको अहिले पनि बेलाबखत चर्चा/परिचर्चा हुन्छ । 

नरगिस – राजकपुर

नरगिस र राजकपुरको प्रेमलाई बलिउडको बहुचर्चित अफेयर्स मानिन्छ, तर यो सम्बन्धको दु:खदायी अन्त्य भयो । नरगिससँग प्रेममा पर्नुपूर्व राज कपुर विवाहित थिए । उनी न नरगिसलाई छोड्न चाहन्थे न आफ्नो परिवारलाई । जब नरगिसलाई यो कुराको बोध भयो, उनी ठूलै तनावमा परिन् । यतिसम्म कि उनले आत्महत्या गर्नेसम्म सोचिन् । त्यसबीच उनको जीवनमा सुनिल दत्त आए । नरगिसले पछि सुनिल दत्तसँग विवाह गरिन् । कैयौं वर्षसम्म राजकपुर र नरगिस न कहिल्यै नजिक आए, न भेटाघाट नै गरे । केही वर्षपछि राजकपुरले आफ्नो छोरा ऋषि कपुरको विवाहमा नरगिस र सुनिल दत्तलाई आमन्त्रण गरे । नरगिसले कैयौं वर्षपछिको उनीहरूको त्यो भेटघाटलाई फिल्मको क्लाइमेक्सजस्तो बताएकी थिइन् । अहिले उनीहरू यो संसारमा छैनन् । 

अमिताभ – रेखा 

रेखा  र अमिताभको प्रेम चर्चा त्यतिबेला सुरु भएको थियो, जतिबेला अमिताभ जयासँग विवाहमा बाँधिई सकेका थिए । सन् १९७३ मा अमिताभ र जयाको विवाहको केही वर्षपछि रेखा र अमिताभको अफेयर्सको चर्चा हुन थालेको हो । भनिन्छ, सन् १९७७ मा उनीहरूको प्रेम चलचित्र ‘दो अनजाने’को सुटिङका दौरान अमिताभ र रेखा नजिकिएका थिए भने सन् १९७८ मा उनीहरूको सम्बन्ध उत्कर्षमा पुगेको थियो । सुरुमा रेखा र अमिताभ रेखाकी साथीको घरमा भेट्थे । सन् १९८१ मा यस चोपडाले जया–अमिताभ तथा रेखाको सम्बन्धलाई लिएर चलचित्र ‘सिलसिला’ नै निर्माण गरे । यही चलचित्रमा अमिताभ र रेखा अन्तिम पटक एकसाथ देखिएका थिए । त्यही बेलादेखि अहिलेसम्म उनीहरू न कहिले अनस्क्रिन, न कहिले अफस्क्रिन एक–अर्काको सामुन्ने देखिए । अहिले रेखा इभेन्ट, एवार्ड तथा सार्वजनिक समारोहहरूमा सिन्दूर लगाएर पुगिरहेकी हुन्छन्, तर त्यो सिन्दूर कसको नामको हो, अहिलेसम्म रहस्यकै गर्भमा छ । भनिन्छ, रेखा अमिताभसँग विवाह गर्न चाहन्थिन्, उनी अरू कसैको सिन्दूर आफ्नो सिउँदोमा भर्न चाहन्नथिन् । 

देवानन्द – सुरैया 

बलिउडका थुप्रै प्रेमकथामा देवानन्द र सुरैयाको प्रेमलाई आइकोनिक मानिन्छ । जतिबेला सुरैया बलिउडकी सुपरस्टार थिइन्, त्यतिबेला देवानन्दले बलिउडमा पाइला मात्र टेकेका थिए । देवानन्दले पहिलो पटक सुरैयालाई सन् १९४८ मा चलचित्र ‘विद्या’को सेटमा देखेका थिए, जसमा देवानन्दले भनेका थिए, ‘सबैले मलाई देव भन्छन्, तपाईं मलाई कुन नामले बोलाउन मन पराउनुहुन्छ ?’ सुरैयाले भनेकी थिइन्, ‘देव’ । पहिलो आँखा जुधाइमै देवानन्दले सुरैयालाई मन दिए । त्यसपछि उनीहरूले कैयौं चलचित्रमा सँगै काम गरे । देवानन्द पछिसम्म पनि सुरैया आफ्नो पहिलो प्रेम भएको कुरा बताउँथे । दुवैको प्रेमको बीचमा सुरैयाकी हजुरआमा बाधक भएकी थिइन्, उनले अलग–अलग धर्मका कारण उनीहरूको सम्बन्ध स्वीकार गरिनन् । सुरैयाकी हजुरआमा उनको अर्कैतिर विवाह गरिदिन चाहन्थिन् भने देवानन्द कोर्ट म्यारिज गर्न चाहन्थे । दोहोरो दबाबका बीच सुरैयाले अन्तिम निर्णय लिनुपर्ने थियो । सुरैयाको मन टुट्यो, उनले देवानन्दसँगको सम्बन्ध मात्र तोडिनन्, जीवनभर विवाह नगर्ने फैसलासमेत गरिन् । अहिले दुवै जनाको निधन भैसकेको छ । 

मधुमाला – दिलीपकुमार 

मधुमाला यति सुन्दर थिइन् कि मानिसहरू त्यसै मोहित हुन्थे । दिलीपकुमार र मधुमालाको प्रेम सन् १९५१ मा चलचित्र ‘तराना’को सेटबाट सुरु भएको थियो । दिलीपकुमार मधुमालाको प्रेममा दिवाना थिए । एकदमै गहिरो प्रेममा परेका दुवै सुपरस्टारको विवाह भने हुन सकेन । भनिन्छ, मधुमालाका पिता अताउल्लाह खानलाई यो सम्बन्ध मन परेको थिएन । दिलीप र मधुमालाको कुरा इन्गेजमेण्टसम्म पुगेको थियो, तर विवाहपूर्व मधुमालाका अगाडि सर्त राखिएको थियो— न उनले चलचित्रमा काम गर्नेछिन्, न त पितासँग कुनै सम्बन्ध राख्नेछिन् । मधुमालाका लागि उनका पिता निकै प्रिय थिए । दिलीपको त्यस्तो सर्त उनलाई मन पर्ने कुरै भएन, त्यसपछि उनीहरूको सम्बन्धमा विवाद सुरु भयो । केही समयपछि उनीहरू सधैंका लागि अलग भए । उनीहरूले चारवटा चलचित्रमा सँगै काम गरेका छन् । 

माधुरी – सञ्जय

फिल्म ‘साजन’को सुटिङका दौरान सञ्जय दत्त र माधुरी दीक्षित एकदमै निकट भएका थिए । त्यसपछि उनीहरूको अफेयर्स बलिउडमा चर्चाको विषय बन्यो । त्यतिबेला सञ्जय दत्त विवाहित थिए । उनीहरूको सम्बन्ध माधुरी दीक्षितका पितालाई रत्तिभर मन परेको थिएन । जब खलनायकका दौरान सञ्जय दत्त जेल गए, त्यही बेलादेखि माधुरी उनीबाट टाढा भएको मानिन्छ । त्यसपछि उनीहरूको लभस्टोरी पनि अधुरै रह्यो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik