साप्ताहिक संवाददाता
माघ २९, २०७५
१४ वर्षदेखि डेटिङमा रमाइरहेका टेनिस खेलाडी राफेल नाडाल तथा उनकी प्रेमिका सिस्का परेलोबीच इन्गेजमेन्ट भएको छ । १७ पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडाल केही दिन पहिले सम्पन्न अस्ट्रेलियन ओपन टेनिसमा राम्रो प्रदर्शन गर्न नसके पनि हाल आफ्नी गर्लफ्रेन्डसँगको इन्गेजमेन्टका कारण चर्चामा छन् । स्पेनको होला म्यागजिनले पहिलो पटक उक्त समाचार सार्वजनिक गरेको हो ।
केही महिनापहिले बिदा मनाउन इटालीको रोम गएको समयमै नाडालले परेलोलाई इन्गेजमेन्ट रिङ लगाइदिएको बताइन्छ । उनीहरू यही वर्ष विवाह बन्धनमा बाँधिने सम्भावना छ । राफेल नाडालले करिब १० वर्ष पहिले स्थापना गरेको फाउन्डेसनको प्रोजेक्ट डाइरेक्टर परेलो एक इन्स्योरेन्स पोलिसी वर्करसमेत हुन् । नाडाल कोर्टमा हुँदा सिस्का प्राय: जसो दर्शक दीर्घामा हुन्छिन् ।