• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
अहिलेसम्म सिंगल नै छु : पल शाह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

अहिलेसम्म सिंगल नै छु : पल शाह
फाल्गुन १, २०७५

अभिनेता पल शाह अहिले असाध्यै व्यस्त छन् । चलचित्र तथा म्युजिक भिडियोमा त उनी व्यस्त थिए नै, यसै सातादेखि उनले मोफसलमा आयोजना हुने महोत्सवमा समेत सहभागिता जनाउन थालेका छन् । यसअघि महोत्सवहरूमा अतिथिका रूपमा सहभागिता जनाउने अभिनेता शाह यसै साता आयोजित टीकापुर महोत्सवमा भने पर्फमरका रूपमा सहभागी भए । टीकापुर महोत्सवमा आफ्ना तीन जना साथीसँग स्टेजमा उक्लिएर आफ्ना चारवटा लोकप्रिय गीतमा कम्मर मर्काउँदा आयोजकहरूलाई दर्शकहरूको भीड नियन्त्रण गर्न मुस्किल परेको थियो । मंगलबार साँझ टीकापुरबाट काठमाडौं फर्किएका अभिनेता शाहसंग साप्ताहिकका कृष्ण भट्टराईको जम्काभेट : 

हुँदा–हुँदा महोत्सवमा पनि छाउन थाल्नुभयो हैन ? 

(हाँस्दै) ..त्यस्तै भन्नु पर्‍यो । आयोजक साथीहरूको अनुरोधलाई नाइँ भन्न सकिन । वास्तवमा म महोत्सवहरूमा अतिथिका रूपमा मात्र सिमित थिएँ, तर कलाकार भएपछि प्रस्तुति पनि दिनुपर्छ भन्ने लागेर पहिलो पटक महोत्सवमा नृत्य गरेको हुँ । 

यसलाई निरन्तरता पनि दिने योजना छ कि ? 

समयले भ्याएसम्म निरन्तरता दिनेछु । 

महोत्सवको तपाईंको पहिलो प्रस्तुति कस्तो रह्यो ? 

उत्कृष्ट, टीकापुरका दर्शकहरू अति नै मज्जाका हुनु हुँदो रहेछ । मेरो प्रस्तुतिसँगै नाचेर साथ दिनुभयो । 

कतिवटा गीतमा नाच्नु भयो ? 

पिरतीको मिठो तिर्सना, रूपै मोहनी, पिरतीको बर्को तथा पोखराका गायक विनोद बानियाँको बलेनीमा (आधुनिक) गीतमा नृत्य गर्‍यौं । मसँगै अरू तीन जना नृत्य कलाकारको एउटा समूह छ । टीकापुरको यो प्रस्तुतिपछि अन्य महोत्सवमा हाम्रो माग बढ्ने निश्चित छ । 

त्यसरी नृत्य गर्दा जोडीको खाँचो परेन ? 

जोडीसहित प्रस्तुत हुन पाउँदा त रमाइलै हुन्थ्यो होला, तर सधैं त्यस्तो संयोग जुर्दैन । 

भिडियो र चलचित्रमध्ये एउटा रोज्नुपर्‍यो भने ? 

रथमा एउटा मात्र पांग्रा राख्दा नगुडे जस्तै हो । म दुबै विधामा उत्तिकै सक्रिय हुन रुचाउँछु । 

कुनलाई बढी समय दिनुहुन्छ ? 

भिडियो छोटो समयमै सकिन्छ, चलचित्रलाई बढी समय दिनुपर्छ । यद्यपि म समय मिलाएर काम गर्छु । पछिल्लो चलचित्र वीर विक्रमको छायांकनमा व्यस्त हुँदा झण्डै १२ वटा भिडियो पेन्डिङमा भए । धेरैवटा गरिसकें, अब पाँचवटा जति बाँकी छन् । दिनका दिन नयाँ भिडियोबाट प्रस्ताव आउने क्रम रोकिएको छैन । 

भिडियोमा बढी समय दिँदा चलचित्रका दर्शक बाँडिन्छन् जस्तो लाग्दैन ? 

दुवै विधामा हामीले आफ्नो कला प्रस्तुत गर्ने हो । भिडियो त अझ छिटो दर्शकमाझ पुग्छ । त्यसैले हामी कलाकारले यो भिडियो, यो चलचित्र भनेर भेदभाव गर्नुहुँदैन । 

विदेश जाने तयारीमा हुनु हुँदो रहेछ ? 

हो, यही साता चलचित्र वीरविक्रम–२ को बाँकी छायांकनका लागि हामी युरोप जाँदैछौं । 

वीरविक्रम–२ बाट कत्तिको आशावादी हुनुहुन्छ ? 

अत्यन्त आशावादी छु । निर्देशक मिलन चाम्सले मसहित वर्षा शिवाकोटी, नाजिक हुसेन तथा बुद्धि तामाङबाट यति धेरै काम निकाल्नु भएको छ कि म शब्दमा त्यसको वर्णन गर्न सक्दिन । 

पिरतीको मिठो सम्झनाको सफलताप्रति तपाईंको धारणा ? 

अत्यन्त मिठो । पुसको चिसोमा मुस्ताङको डाँडामा गरेको मेहनतले रंग ल्याएको छ । त्यो गीतबाट पनि अनुमान लगाउन सक्नुहुन्छ, चलचित्र कस्तो बनेको होला ? 

नयाँ चलचित्र हृदयभरीमा कस्तो भूमिका छ ? 

फागुन २२ गतेदेखि फ्लोरमा जाने उक्त चलचित्रमा मैले पोल्ट्रिफार्म सञ्चालन गरेर बसेको एउटा युवकको चरित्र निर्वाह गरेको छु । मेरो भूमिका लभर व्याइको हो । 

भ्यालेन्टाइन डे नजिकिँदै छ, के छ प्लान ? 

(हाँसो) म यसपटकको भ्यालेन्टाइन डेमा नेपालमा हुन्न, किनभने म आज शुक्रबार नै बेलायततर्फ प्रस्थान गर्दैछु । 

अघिल्ला भ्यालेन्टाइन डे कसरी मनाउनु हुन्थ्यो ? 

मेरो कोही स्पेशल भ्यालेन्टाइन नभएकाले अहिलेसम्म मनाएको छैन । 

तपाईंकी त जोडी त छिन् नि, होइन र ? 

होइन–होइन । म अहिलेसम्म सिंगल छु । त्यो त सञ्चारमाध्यममा चलेको हल्लामात्र हो । 

अरूले प्रणय दिवस मनाएको देख्दा आफू पनि त्यसैगरी रमाउँ भन्ने लाग्दैन ? 

मलाई त यत्तिकै रमाइलो लाग्छ । म त्यो दिन आफ्नो बुवालाई ह्याप्पी भ्यालेन्टाइन्स डे बुवा भन्छु । किनभने भ्यालेन्टाइन्स डे प्रेम अभिव्यक्त गर्ने दिन हो । त्यो प्रेम तपाईंले आफ्नी गर्ल फ्रेण्डलाई मात्र गर्नुपर्छ भन्ने छैन । दाजु–भाइ, दिदी–बहिनी, आमा–बुवा जसलाई पनि प्रेम व्यक्त गर्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik