साप्ताहिक संवाददाता
फाल्गुन ५, २०७५
रेडियो कान्तिपुरले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई विशेष सम्मान गरेको छ । सलाम जिउँदो इतिहासलाई कार्यक्रमको १० औँ संस्करण अन्तर्गत शनिबार वरिष्ठ लोक गायक बस्नेतलाई सम्मान गरेको हो ।
कार्यक्रमको सुरुवातमै बस्नेतले निकै भावुक हुँदै रेडियो कान्तिपुरले थालेको स्रष्ट्राको सम्मानप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा बस्नेतसँग भलाकुसारीका साथै चर्चित कलाकारले उनका गीतहरु प्रस्तुत गरेका थिए । ६ दशक भन्दा बढी सांगितिक क्षेत्र बिताएका बस्नेतका थुप्रै गीतहरु कालजयी छन् ।
बस्नेतले २ सय बढी गीत गाएका छन् । रेडियो कान्तिपुरको ‘सलाम जिउ’दो इतिहासलाई’ कार्यक्रममा रुपक डोटेल, दुर्गा परियार, मुन्ना गुरुङ, राहुल भुजेल, संजय तुम्रुक लगायतले गायक बस्नेतका चर्चित गीत गायनमा साथ दिएका थिए ।