नेपाली कथानक चलचित्र पुरानो बुलेटको हङकङबाट ग्राण्ड प्रिमियर गरिएको छ । याउमा तेई स्थित कम्युनिटी हलमा गरिएको प्रिमियरमा चलचित्र पुरानो बुलेटले हङकङेली दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पायो । चलचित्रमा समावेश पुर्वेली लवज, कथा, भेषभुषा र दृश्यबाट अधिकांश दर्शकहरुले आफ्नोपन पाएको प्रतिक्रिया दिए । धरान घर भएका निवर्तमान एनआरएनए अध्यक्ष ललित आङ्बुहाङले भने मलाई चलचित्रले रुवायो, आमाबाबासँग जोडिएका हरेक कथाहरु मेरो लागि आफ्नोझै लाग्छ उनले भने ।
मध्यमबर्गीय परिवारको एक्लो छोरा, विदेश जानु पर्ने बाध्यता, गाउँको निस्वार्थे प्रेम, शहरको सङ्घर्ष, बाबाको मृत्यु यी सव दृश्यमा समावेश सेन्टिमेन्टमा दर्शकहरुले आँशु थाम्न सकेनन् । पोखराकी निलम लिम्बु चलचित्र हेरिसकेपछि भावुक हुदै बाहिर निस्किईन मलाई त्यो बेलाको याद आयो, जुन बेला म स्वतन्त्ररुपमा आमाबाबासँग झगडा गर्दै खुसी हुदै बस्थे, विदेशी भूमि अनि त्यो पल चलचित्रमा देख्दा मैले आफुलाई पाए, आँशु थाम्नै सकिन उनले भनिन् ।
क्रेजी ईन्टरटेन्मेन्टको ब्यानरमा पत्रकारहरुको समुहद्धारा निर्मित चलचित्र पुरानो बुलेटको हङकङ प्रर्दशन कान्तिपुर साप्ताहिकका संवाददाता अनोज रोक्का, मज्जाको राई, विजय लिम्बु, सुनिता लिम्बु र सरु लिम्बुले गरेका थिए । हेल्फ फर ह्युमानिटी सहयोगका लागि गरिएको ग्राण्ड प्रिमियरमा संकलन गरिएको रकम चा“डै हस्तान्तरण गरिने आयोजकले बताए ।
भिषण राई निर्देशित चलचित्र पुरानो बुलेट चैत १ बाट नेपालभर प्रर्दशनमा आउँने भएको छ । सन्तोष राई कार्यकारी निर्माता रहेको चलचित्रमा अशोककुमार राई, बिरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्तरुपमा लगानी गरेका छन् । चलचित्रमा अनुपविक्रम शाही, बर्षा सिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, बारत लिम्बु, करण धिताल, बादल श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई हङकङमा सफल प्रर्दशन पश्चात अमेरिका, युके, अष्टे«लिया, कोरिया र जापानमा एकसाथ प्रर्दशनको तयारी थालिएको छ ।