साप्ताहिक संवाददाता
बालुवाटारमा सञ्चालनमा आएको ट्रेन्डी क्याफे एन्ड बार पारिवारिक रेस्टुराँ हो । यहाँको मेनु खासै महँगो छैन । मध्यम वर्गीयदेखि उच्च वर्गसम्मका मानिसहरूप्रति लक्षित ट्रेन्डीका दुईवटा फ्लोरमध्ये तल्लो फ्लोरमा कफी हाउस छ, जहाँ ५०÷६० जना अटाउँछन् भने माथिल्लो फ्लोरमा लाउन्ज तथा रेस्टुराँ छ ।
लाउन्जमा एकै पटकमा १ सय जना बस्न सक्छन् । यहाँ बर्थ डे पार्टी, गेट टुगेदर, रिसेप्सन, व्रतबन्धजस्ता कार्यक्रम सम्पन्न गर्न सकिन्छ । यो लाउन्जमा दुईवटा क्याबिन छन् । गोप्य मिटिङका लागि बनाइएका यी प्रत्येक क्याबिनमा ८ जनासम्म अटाउँछन् ।
ट्रेन्डीका सञ्चालक शरद शाहका अनुसार यो रेस्टुराँले नेपाली परिकारलाई प्राथमिकतामा राखेको छ । यहा“को मेनुमा ४० वटाजति आइटम उपलब्ध छन् । तन्दुरी मःम तथा पोलेको विङ्स यहाँ सबैभन्दा बडी अर्डर हुने परिकार हुन् ।
हरेक शुक्रबार यहाँ लाइभ म्युजिक सुन्न सकिन्छ । यो रेस्टुराँको प्रोजेक्टरमा खेल प्रतिस्पर्धाको लाइभसमेत हेर्न सकिन्छ । यहाँ खाजा खान जाँदा खल्तीमा प्रतिव्यक्ति ५ सयदेखि १ हजार रुपैयाँ बोके पुग्छ ।