साप्ताहिक संवाददाता
अभिनेत्री क्याट्रिना कैफ यतिबेला सलमान खानसँग अली अब्बास जफरद्वारा निर्देशित चलचित्र भारतको छायांकनमा व्यस्त छिन् । कटरिनाले यसअघि जफरकै दुई चलचित्र मेरे ब्रदर की दुल्हन तथा टाइगर जिन्दा हैमा अभिनय गरिसकेकी छिन् ।
हालै एउटा अन्तर्वार्तामा कटरिनासँग तपाईंले अभिनय गर्न बाँकी विधा कुन हो ? भनेर जिज्ञासा राखिएको थियो । जवाफमा कटरिनाले ‘हरर चलचित्र’ मा काम गर्न बाँकी रहेको उल्लेख गरेकी थिइन् । उनको जवाफ सुन्नेबित्तिकै निर्देशक जफरले कटरिनाका लागि एउटा हरर चलचित्र लेखिरहेको खुलासा गरिदिए ।
त्यसो त प्रायः कटरिनासँग जिस्किरहने जफरले ठट्टा गर्दै हरर चलचित्रको कुरा गरेका हुन् भन्नेहरू पनि छन् । जफर र कटरिना निकै नजिकका साथी हुन् । दुवै प्रायः ख्यालठट्टा गरिरहेका देखिन्छन् । जफरका अधिकांश ठूला चलचित्रमा कटरिना छुटेकी छैनन् । यति हुँदा–हुँदै पनि आफ्नी साथीका लागि जफरले हरर चलचित्र बनाइदिए भने अचम्म नमाने हुन्छ ।