साप्ताहिक संवाददाता
हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अर्न्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार १११ रुपैंया सहयोगको घोषणा गरेका छन् ।
बिहीवार बिहान सामाजिक सञ्जालमार्फत धुर्मुस सुन्तलीले छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।
‘हाम्री प्यारी छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं’ उनले फेसबुकमा लेखेका छन ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’
अहिले ‘गौतम बुद्ध अन्तर्र्ष्ट्रािय क्रिकेट रङ्गशाला’को फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।