आगामी चैत ८ मा प्रदर्शन हुन लागेको चलचित्र कागजपत्रका निर्देशक हुन्, अपिल बिष्ट । यो चलचित्रको कथा समेत उनैले लेखेका हुन् । नाजिर हुसेन, सिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकार अभिनित चलचित्रको टे«लर, गीत र पोस्टरलाई दर्शकले राम्रै रुचाएका छन् । उक्त चलचित्रको बिषयमा निर्देशक बिष्टससँग रामजी ज्ञवालीले गरेको छोटो गफगाफ ।
दौडधुप ब्यापक छ है ?
दर्शकलाई हलसम्म तान्ने प्रयास जारी छ । बिहान देखि साँझसम्म मिडिया भेटघाटमा पनि निकै ब्यस्त छौं । नेपालमा पछिल्लो केहि बर्षयता अस्टे«लिया, अमेरिका, युरोप जाने मोह ब्यापक रुपमा बृद्धि भएको छ । यसै बिषयमा केन्द्रित रहेर हामीले चलचित्र निर्माण गरेका छौ । एउटा कुरा के हो भने हामीले अस्ट्रेलिया जानका लागी एक युवतीले गर्ने संघर्षलाई चलचित्रमा उठाउन खोजिएको भएपनि यसले समग्र विदेश जान खोज्नेहरुको कथा बोल्छ ।
चलचित्रको कथा अब्बल भएन भनेर सधै गुनासो आउने गरेको छ, यो चलचित्रले यस्ता खालका गुनासा गर्नेहरुको मुख टाल्ला त ?
त्यति धेरै दाबी त म गर्न सक्दिनँ । यद्यपी, हदैसम्म मिहेनत गरेका कारण चलचित्रको स्टोरी राम्रो बनेको मैले महसुस गरेको छु । २०१२ देखी विभिन्न देश घुम्ने क्रममा यो चलचित्रमा समेटिएका पात्र पनि भेटेको छु । तर, अस्टे«लियाको बिषय चलचित्रमा उठाउन मन लाग्यो । झण्डैं २ बर्ष निरन्तर मिहेनत गरेर यो चलचित्रका लागी कथा लेखेको हुँ ।
चलचित्र निर्माणमा खर्च कति लाग्यो ?
मेरो चलचित्रका लागि लाग्ने खर्च निर्माताले पुराइदिनुभएको छ । चलचित्र राम्रो बनाउनका लागी निर्माताको पक्षबाट कुनै कमी छैन । चलचित्र प्रदर्शन नहुँदासम्म खर्च भैरहने भएकाले यो चलचित्रको कुल बजेट कति पुग्छ भन्ने अनुमान गर्न गाह्रै छ ।
नेपालमा चलचित्र जुधेरै मर्छन् भनिन्छ, तपाइको चलचित्र पनि कसैसँग जुधेको छ नि ?
तपाई“ले जुन जुधेरै मर्छन् भन्नुभयो, यो कुरा मलाई चित्त वुझ्यो । एउटा मितिमा दुइवटा चलचित्र आउँदा खासै फरक त नपर्ला तर, नेपाली चलचित्र उद्योगमा आवश्यक भन्दा धेरै चलचित्र आएकै हुन् । चलचित्र जुधेपछि त्यसको बेफाइदा त दुबैले व्योहोर्नुपर्छ । सकेसम्म नजुधाउने परम्पराको बिकास गर्नुपर्छ ।
आजभोली राम्रो कमायो भन्ने चलचित्र भेटाउन गाह्रो पर्छ, तपाई आफ्नो प्रोजेक्टप्रति कत्तिको ढुक्क हुनुहुन्छ ?
चलचित्र चल्नुमा धेरै कुराले फरक पार्छ । चलचित्र बनाएर मात्रै हुँदैन, त्यसको मार्केटिङ र पब्लिसिटीमा पनि भर पर्छ । कन्टेन्ट अनुसार मार्केटिङ गर्न नजान्दा नेपालमा धेरै चलचित्र फ्लप भएका हुन् । नेपाली समाजमा अहिले जुन चलन चलेको छ, त्यसैमाथि यो चलचित्र केन्द्रित भएकाले दर्शकलाई यो चलचित्रप्रति चासो छ । हामी चलचित्र चल्ने कुरामा आशाबादी छौं ।