साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘अघोरी’ को मुहूर्त सट लिइएको छ । निर्माण युनिटले चलचित्रको औपचारिक निर्माण घोषणा गर्दै बिहीबार मुहूर्त सट लिएको हो ।
एक्सन लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको मुहूर्त सट कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त सट दिएका थिए ।
भोमन कटुवालले निर्देशन गर्ने यो चलचित्रको चैत १ देखि सुटिङ सुरु भएको छ । चलचित्रमा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
शारदा राज्यलक्ष्मी र मुनम मल्लले यसै चलचित्र मार्फत रजतपटमा डेव्यू गर्न लागेका हुन् । चलचित्रमा ‘अघोरी’ को चरित्र प्रज्वलले निर्वाह गर्नेछन् । आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।