साप्ताहिक संवाददाता
चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको । जिल्ला प्रशासन कार्यलयले पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो । निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए ।
तर, गैह्र कलाकारलाई सदस्यता दिएको, तोकिएको समय भन्दा पनि पछि सदस्यता दिएको लगायतका बिषयमा उजुरी परेपछि प्रशासनले चुनाव रोक्न आदेश दिएको हो । मनोनयन दर्ता गरिसकेकाहरुको मनोनयन फिर्ता गरिएको छ ।
अध्यक्ष पदका लागि सरिता लामिछाने र निर्देशक तथा कलाकार लय संग्रौलाले उम्मेदावरी दिएका थिए । मनोनयन दर्ता भईसकेकाहरुको अब मनोनयन फिर्ता गरिने संघले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अर्को आदेश नभएसम्म अधिवेशन रोक्ने निर्णय भएको संघले जनाएको छ ।
कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएपछि संघले निर्वाचन गराउने तयारी गरेको थियो ।