साप्ताहिक संवाददाता
चैत्र २१, २०७५
बेलायतमा एक ट्रान्सजेन्डर महिलामा अनौठो सौख देखिएको छ । पहिले हजारौं पाउन्ड खर्च गरेर फुटबलर डेभिड बेकह्यामजस्तै देखिने प्रयास गरेका ज्याक जोनसनले अब भिक्टोरिया बेकह्यामजस्तै देखिन सर्जरी गर्ने बताएकी छिन् ।
२२ वर्षीया ती महिलाले यसका लागि १८ हजार पाउन्ड खर्च गर्ने बताएकी छिन् । भिक्टोरिया बेकह्यामजस्तै मोडलिङमा समेत करियर बनाइरहेकी ज्याकले भिक्टोरिया जस्ती सुन्दर नदेखिए पनि उस्तै देखिने प्रयास भने गर्ने तर्क गरेकी छिन् ।