साप्ताहिक संवाददाता
बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र भारतको ट्रेलर सार्वजनिक हुन अब धेरै समय बाकी छैन । निर्माण टिम एउटा राम्रो दिन पारेर ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ । त्यसअघि यो चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सलमानलाई निकै फरक किसिमले उतारिएको छ ।
सलमानले आज सोमवार सामाजिक सन्जालबाट उक्त चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै सलमानले लेखेका छन्, ‘जति सेता कपाल मेरो टाउको र दारीमा छन्, त्यो भन्दा बढि मेरो जिवन रंगीन छ । सलमानलाई फ्यानहरुले यसअघि यस्तो लुक्समा कहिल्यै देखेका थिएनन् ।
तस्विरमा सलमान निकै वुढो उमेरका देखिन्छन् । सेतै फुलेको कपाल छ, दारी पनि उस्तै । कालो चस्मा लगाएका सलमान कोर्के नजरमा निकै भिन्न देखिएका छन् । पहिचान गर्न समेत मुस्किल पर्नेगरी निर्माण भएको पोस्टरलाई धेरैले मन पराएका छन् । पोस्टरमा एक मानिस र देशका लागी सँगसँगै भ्रमण भन्ने भाषा समेत लेखिएको छ । तर, ठम्याएर हेर्नेहो भने पोस्टरमा सलमानसँगै एक महिला र बच्चालाई समेत देख्न सकिन्छ । यो तस्विरले २०१० को कथा बोल्दैछ ? त्यो लेखिएको छैन । तर, पोस्टरमा किन २०१० लेखिएको छ त्यसले धेरैलाई चलचित्रप्रति ध्यान केन्दित गराएको छ ।
१० दिनपछि ट्रेलर
यसअघिका केहि चलचित्र फ्लप भएपछि सलमान निकै चनाखो भएका छन् । हरेक कुरामा मिहेनत गरेका छन् । अहिले दबगं ३ को सुटिङमा व्यस्त छन् । यद्यपी, सलमानका लागी भारत सवैभन्दा महत्वपुर्ण चलचित्र हो । किनभने यो चलचित्र राष्ट्रियतासँग जोडिएको छ, त्यससँगै सुटिङमा जानु अघिदेखीनै विभिन्न किसिमका चर्चाका कारण । प्रियंका चोपडाको इन र आउटको विषयले पनि भारतको चर्चा धेरै भएको थियो । स्रोतका अनुसार यो चलचित्रको टे«लर आगामी १० दिनपछि मात्रै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
कथा के ?
निर्माण टिमले अहिलेसम्म आधिकारीक भनाई सार्वजनकि नगरेपनि यो चलचित्र कोरियाली नाटक ‘ ऐन ओड टू माइ फादर’ मा आधारित छ । चलचित्रले भारतको पावर पनि देखाउने बताइन्छ । सलमान खानबाहेक कैटरिना कैफ, दिशा पटनी, सुनील ग्रोवर लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ । यो चलचित्र आगामी ईदको अवसरमा सार्वजनिक हुँदैछ । चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।