साप्ताहिक संवाददाता
वैशाख ३, २०७६
नववर्ष २०७६ को उपलक्षमा नेपाल राष्ट्रिय मोडलिङ संघको आयोजनामा दरबारमार्ग स्थित होटल अन्नपूर्णमा संचालन भएको शुभकामना आदान फ्रदान कार्यक्रममा लामो समय देखि सत्रिय रहेर आ–आफ्नो क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेक्रका व्यत्तिहरुलाई सम्मान गरिएको छ ।
सो सम्मान कार्यक्रममा साप्ताहिकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ संगीतकार शंभुजित बाँस्कोटा, चलचित्रकर्मी रविन्द्र खड्का, इन्टरमोडल दिपक घिमिरे लगायतका व्यक्ति सम्मनीत झएका थिए ।
सो कार्यक्रममा सम्मानीत हुनेहरुलाई कार्यत्रमका प्रमखु अतिथि महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।