साप्ताहिक संवाददाता
नेपालमा सबैभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री को हुन् ? अधिकांशको जवाफ हुन्छ– केकी अधिकारी, अनु शाह तथा शिल्पा पोखरेल । हो, केकी, अनु र शिल्पा जस्ता संख्यात्मक रूपमा बढी म्युजिक भिडियोमा अभिनय गर्ने अर्की अभिनेत्री छैनन् भन्दा पनि हुन्छ ।
विराटनगर (मोरङ) स्थायी घर भएका यी तीनै अभिनेत्रीको अर्को एउटा संयोग पनि छ, तीनै जनाले म्युजिक भिडियोबाटै आफ्नो करियर प्रारम्भ गरेका थिए । थुप्रै म्युजिक भिडियोपछि मात्र उनीहरू चलचित्रमा आएका हुन् । चलचित्रमा पनि उनीहरूले आ–आफ्नै शैली स्थापित गरेर आफ्नो अभिनय प्रतिभा प्रमाणित गरिसकेका छन् ।
रमाइलो कुरा के छ भने यी अभिनेत्रीले आफ्नो पुरानो विधालाई चटक्कै माया मार्न सकेका छैनन् । आज पनि उनीहरू म्युजिक भिडियोलाई उत्तिकै समय निकाली रहेका छन् । अहिले पनि यी अभिनेत्रीका म्युजिक भिडियो केही हप्ताको अन्तरमा सार्वजनिक भैरहेका हुन्छन् ।