साप्ताहिक संवाददाता
केकी अधिकारी अन्य प्रोजेक्टको पत्रकार सम्मेलनमा जस्तो निराश देखिइनन् । आफुतर्फ सोझिएका क्यामेरामा मुस्कानका साथ तस्विर खिचाइरहेकी थिइन्, बोल्दा निर्धक्क । प्रशंग चलचित्र ‘छ माया छपक्कै’ को घोषणा कार्यक्रमको हो ।
यो चलचित्रमा केकी अधिकारी मुख्य भुमिका छिन् । आफु मुख्य भुमिकामा काम गर्न पाउँदा उनलाई खुसी लागेको भने होइन । कुरा के हो भने, केकी यो चलचित्रमा दीपकराज गिरीको जोडी बन्दैछिन् । दिपक–दिपाको नयाँ चलचित्रमा केकीले इन्ट्रि हुन पाउँदा निकै खुसी भएको हुन सक्ने पत्रकार सम्मेलनमा गाईगुई चल्यो । किनभने दिपक–दिपाले निर्माण गरेका अधिकांस चलचित्र हिट छन् । नेपालमा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र पनि उनिहरुकै हो । लगातार हिट चलचित्र दिएको ब्यानरबाट यो चलचित्र पनि हिट हुन सक्ने केकीमा ठुलो आशा छ । यो चलचित्र हिट भयो भने केकीले बर्षौदेखी कुरेको एउटा सपना पुरा हुनेछ ।
झण्डैं १० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएपनि यि सुन्दर अभिनेत्रीका प्रोजेक्टले भने सोचेजस्तो सफलता पाएनन । सोहि कारण पनि केकीमा निराशा बढिरहेको थियो । सायद अब केकीले बुझेकी छिन्, खुसी आफुभित्रै छ र आफ्नो निर्णयमा छ । सुरुमै चलचित्रको स्क्रिप्ट र ब्यानर छान्न सकेको भए केकीको सपना उहिल्यै पुरा हुने थियो की !
आशा गरौं, केकीको यो चलचित्र सुपर डुपर हिट होस् ।