• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
बिस्तारै छायो आँखामा अँध्यारो...
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

बिस्तारै छायो आँखामा अँध्यारो...
वैशाख २०, २०७६

बिस्तारै छायो आँखामा अँध्यारो सोमबार बिहान करिब दस बजेतिर पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहको परिसरमा झन्डै दुई दर्जन गायक–गायिका सामूहिक रूपमा यही गीत गाइरहेका थिए । उनीहरूको अघिल्तिर थियो संगीतकार बिजु बज्रको पार्थिव शरीर । करिब ४९ वर्षकै अल्पायुमा गत आइतबार दिउँसो यो धर्ती छोडेका संगीतकार बज्रलाई अन्तिम श्रद्धाञ्जली दिन भेला भएका संगीतकर्मीहरूले बज्रद्वारा संगीतबद्ध एउटा लोकप्रिय गीत त्यसरी प्रस्तुत गरेका हुन् । नरेशदेव पन्तद्वारा रचित उक्त गीतमा कर्णदासको स्वर छ । सांगीतिक क्षेत्रमा उक्त गीतलाई कालजयी मानिन्छ । 

यसअघि दुई पटक हृदयाघातको शिकार भैसकेका संगीतकार बज्रलाई गत आइतबारको तेस्रो हृदयाघातले भने अन्याय गर्‍यो । आफ्नै निवासमा आइतबार बिहान मोटरसाइकल स्टार्ट गर्ने क्रममा हृदयाघात भएपछि उनलाई परिवारका सदस्यहरूले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याएका थिए । यद्यपि, मध्याह्नसम्ममा उनले प्राण त्यागिसकेका थिए । विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनुअघि संगीतकार बज्रको सम्मानमा गायक, गायिका, गीतकार तथा संगीतकारहरूले माथि उल्लेखित गीत प्रस्तुत गर्दा उनीहरूका आँखा त रसाएकै थिए नै, उपस्थित सर्वसाधारणले समेत आफ्नो आँसु रोक्न सकेनन् । 

वास्तविक नाम बिजुप्रसाद बौद्धचार्य भए पनि उनी सांगीतिक क्षेत्रमा बिजु बज्रको नामले चिनिन्थे । २०२७ सालमा जन्मिएका बज्र ६ दाजुभाइ तथा २ दिदी–बहिनीमध्ये माइला सन्तान हुन् । गुल्मीको बामी टक्सारमा जन्मिएका बज्रले गाउँमै आयोजना हुने राजनीतिक तथा सांस्कृतिक कार्यक्रमहरूमा भजन गाउँदै ४० को दशकदेखि सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । कोपिला श्रेष्ठ कक्षपतिसँग वैवाहिक जीवनमा बाँधिएपछि उनको सांगीतिक यात्राले गति लिएको थियो । कोबिद बज्र, विकेश बज्र तथा रेबिका बज्रका पिता बज्रका जेठा छोरा कोविद पनि सांगीतिक क्षेत्रमै स्थापित हुने क्रममा छन् । 

बज्रले संगीतबद्ध गरेका करिब दसवटा गीति एल्बम प्रकाशित भैसकेका छन् । कोलाज, कन्फूज, बलेसी, शिखर, ल्याप्चे, प्रेमपत्र, मैं ठूली भै छु रे (गायिका रेश्मा सुनुवारको एकल स्वर), न्यू एज, शिव लिला तथा अग्रता काली शीर्षकका एकल गीति एल्बममार्फत उनका संगीत सिर्जनाहरू दर्शक तथा श्रोतामाझ आइसकेका छन् । 

स्व.फत्तेमान राजभण्डारीको झरी परिरह्यो, कर्णदासको बिस्तारै छायो, सुगम पोखरेलको तिमी मभन्दा कोसौं टाढा छौ, रेश्मा सुनुवारको मै ठूली भै’छु रे, आगन्तुक खरेलको कुन रंगको, प्रीति कौरको परेवाको जोडी, युवराज चौलागाईंको साँझ पख जब, मञ्जयाश्री भट्टको तिम्लाइ सम्झिएँ, टीका प्रसाईंको शिरको टोपी बन्दकी, आगन्तुक खरेलकै बयर बोटैमा, सुजाता सिटौलाको घुमाइ देउ, धर्मेन्द्र सेवानको मनै त हो आदि गीत बज्रका लोकप्रिय सिर्जना मानिन्छन् । 

आफ्ना शब्दमा धेरैवटा गीतलाई संगीतबद्ध गरेको स्मरण गर्दै गीतकार भूपेन्द खड्काले संगीतकार बज्रको निधनबाट सांगीतिक क्षेत्रले ठूलो क्षति बेहोरेको कुरा बताएका छन् । हिट्स म्युजिक एवार्ड, इमेज एवार्डसहित दर्जनौं एवार्डबाट पुरस्कृत संगीतकार बज्रलाई यसअघि २०७० सालको साउन तथा २०७१ सालको साउनमा गरी दुई पटक हृदयाघात भएको थियो । 

रहेनन् दीपबिम

वरिष्ठ संगीत साधक तथा रचनाकार मदन दीपबिमको पनि हृदयाघातकै कारण अघिल्लो साता अमेरिकामा निधन भएको छ । इलाममा जन्मिएका दीपबिम पछिल्लो समय अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका थिए । दीपबिमले संगीतबद्ध गरेका गीतमध्ये के भूल भयो प्रिया, झस्केर दुख्छ यो मुटु मेरो, सुरिलो रुख त सल्लै हो आदि लोकप्रिय मानिन्छन् ।

दीपबिमले केही गीत पनि लेखेका थिए जसमध्ये ‘भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी...’ लोकप्रिय मानिन्छ । नेपालमा छँदा उनी रेडियो नेपालका जागिरे समेत थिए । गायिका छोरी ममता दीपबिमसंगै अमेरिकामा बसोबास गर्दै आएका दीपबिम करिब एक महिनादेखि अस्वस्थ थिए । उनको अमेरिकामै अन्त्येष्टि गरिएको छ भने काजक्रिया नेपालमा गरिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik