साप्ताहिक संवाददाता
वैशाख २२, २०७६
नेपाली फुटबल अझै कति गैरव्यवसायिक छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हुनेछ । सहिद स्मारक लिग ए डिभिजन विजेता मनाङ–मर्स्याङ्दीले अहिले एएफसी कप खेलिरहेको छ र यसैक्रममा उसले एसियाली फुटबल महासंघको चेतावनी पाएको हो । महासंघको चेतावनी हेर्दा सामान्य छ, तर यसभित्र गम्भीर तथ्य पनि छ ।
एएफसीको भनाइ छ, मनाङले प्रतियोगिताको नियम उलंघन गरेको छ, आफू खेल्ने रंगशालाको सिट संख्या र टिकट दर उपलब्ध नगराए । विदेशतिर प्रत्येक क्लबको आफ्नै मैदान हुन्छ । नेपालमा यस विषयमा त कल्पना पनि गर्न सकिँदैन । अहिले तत्काल नेपालले खेल्ने भनेको सातदोबाटोको मैदानमा मात्र हो । यस्तोमा मनाङसँग यस विषयमा स्पष्ट जवाफ नहुनु स्वभाविक पनि हो ।