
साप्ताहिक संवाददाता

अर्जुन पोखरेल, संगीतकार
नेता
धेरै नेताहरू नैतिकहीन हुने र फेरि ती नेताकै सन्तान भनौं अथवा आफन्तहरू बाटोमा हिँड्दा हामीलाई नै रवाफ देखाएको देख्दा रिस मात्र होइन, नाङ्गेझार बनाएर जनताको अगाडि नैतिकताको पाठ पढाउन र जनताप्रति गर्ने व्यवहार के–कस्तो हुन्छ सिकाउन मन लाग्छ, तर राम्रा काम गर्ने नेताहरूलाई चाहिँ सलाम छ है मेरो ।
अव्यवस्थित पार्किङ
ठाउँ–कुठाउँ पार्किङ गर्ने अनि सडक त आफ्नै बाबुको सम्पत्ति हो, मैले जे गरे नि हुन्छ भन्ने सोच भएका व्यक्तिहरूसँग ।
बोली
कुरा नबुझी बोल्ने अनि आफू ठूलो हुँ भन्ने देखाउन अरूलाई होच्याएर बोल्ने मान्छेहरूसँग ।
फेसबुके जमात
आफूले गरेको जस्तोसुकै काम पनि उत्कृष्ट भन्ने तर अरूले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै कुर्लने फेसबुके जमातसँग ।
गफ दिने
कामको नाममा सिन्को पनि नभाँच्ने, तर भाषणमा ठूला–ठूला कुरा गर्नेहरूसँग ।
सुस्त सरकार
संवेदनशील घटनामा समेत सरकारको सुस्त शैली तथा कमजोर काम–कारबाही देख्दा ।