साप्ताहिक संवाददाता
वैशाख २४, २०७६
ऐना तिमी कती असल साथी
म रुँदा तिमी कहिल्लै हाँसेनौ
रुँदा सँगै रोयौ हाँस्दा सँगै हाँस्यौ
भिजेका मस्तिष्क,बन्दक जिन्दगी
खुम्चिएका सपना,श्यामस्वेत मन
सप्पै सप्पैलाई भुलाईदिने मेरो रंगिन साथी
हामी भन्दा पर हेर त !
आत्मा बदलिए,चरित्र बदलिए,सारा सम्बन्धहरु बदलिए
अनि एकै बेगमा सधैं सधैं संगै छु भन्नेहरु
सबै सबै बदलिए
तर ऐना तिमीले न त रुप बदल्यौ न त चरित्र
देश बदल्छु भन्नेहरु आँफै बदलिए
जताततै समृद्धी बिगुल फुक्नेहरुले
फगत गाडी बदले, महल बदले
मुलुक कायापलट बनाउने नारा नै बदले
प्रिय ऐना
चाहे तिमीलाई जतिसुकै टुक्रा पारौं
हरेक टुक्रामा तिमीले मलाई नै देखाउनेछौ
र त छु म नतमस्तक तिम्रो नबदलिएको सुन्दर आकृतिमा
गोकर्ण लामिछाने
टोरोन्टो, क्यानाडा ।