
साप्ताहिक संवाददाता

लेखक जगदीश पौडेल आफ्नो नामले भन्दा पनि विमेज नामले बढी परिचिति हुनुहुन्छ । साहित्यको फाँटमा दर्शनका बिषयमा कलम चलाउन बढी रुचाउने विमेजका केही पुस्तकहरु बजारमा आईसकेको छ ।
विमेजलाई दर्शनको रुपमा विकास गर्दै आउनु भएका पौडेलको धर्म देखि स्वधर्मसम्मको कवितालाई हालै भिडियोको रुपमा प्रस्तुत गरिएको छ । मधु बोगटीले निर्देशन गरेको उक्त दर्शन कविताको सुरज काफ्लेले छायाँकन गरेका छन् । भिडियोमा कृष्ण न्यौपाने, प्रज्ञा खड्का, रिया न्यौपाने, निकी योञ्जन र रिवाज न्यौपानेले अभिनय गरेका छन् । नौलो शैलिमा रहेको उक्त भिडियो हेर्नुहोला ।