साप्ताहिक संवाददाता
वैशाख २८, २०७६
अभिनेत्री परिणिति चोपडा हलिउडको थ्रिलर चलचित्र ‘द गर्ल अन द ट्रेन’को हिन्दी रिमेकमा देखिने भएकी छिन् । निर्माण पक्षले गत साता यो कुराको जानकारी दिएको हो । हलिउडको चलचित्रमा यो भूमिका एमिली बलन्टले निर्वाह गरेकी छिन् ।
उक्त चलचित्रको उत्कृष्ट भूमिकाका लागि सन् २०१६ मा एमिलीको प्रशस्त चर्चा भएको थियो । परिणितिले यो चलचित्रमा दर्शकले आफूलाई अलग रूपमा देख्ने बताएकी छिन् । चोपडा भन्छिन्, ‘दर्शकले मलाई पहिले नदेखेको भूमिकामा देख्नुहुनेछ ।
यसका लागि मैले पर्याप्त तयारी र होमवर्क गर्नुपर्नेछ । ‘द गर्ल अन द ट्रेन’ वास्तवमा मेरो रोजाइ हो । यो ड्रंक्स र दुर्व्यवहारको सिकार भएकी एक महिलाको कथा हो र मैले यस प्रकारको भूमिका पर्दामा निर्वाह गरेकी छैन ।’ यो चलचित्रको शीर्षक तय गरिएको छैन भने यसको निर्देशन रिभु दासगुप्ताले गर्दैछन् ।