साप्ताहिक संवाददाता
काम फर सुद स्विजरल्याण्डको आर्थिक सहयोग तथा काम फर सुद नेपालको सहजीकारणमा लिखु तामाकोशी गाउपालिका वडा नं २ सैपुमा नब निर्मित २ वटा बिद्यालयका भवनहरु र १ वटा स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । २ बर्ष अघि देखि निर्माण कार्य सुरु भएको २४ सै घण्टा सुत्केरी सेवा सहितको स्वास्थ्य चौकी भबन १ करोड २८ लाखको लागतमा निर्माण भएको काम फर सुद नेपालका कार्यक्रम संयोजक राजन श्रेष्ठले बताएका छन् ।
त्यसैगरी सैपुमा रहेको शहिद स्मृति मा बि मा १ करोड ७६ लाख को लागतमा ९ कोठाको ४ वटा भवन र छात्र, छात्रा शौचालय निर्माण गरिएको तथा २ करोड २२ लाखको लागतमा १० कोठाको ४ वटा भवन छात्र र छात्राको छुट्टा छुट्टै शौचालय सहित निर्माण भएको बताइएको छ । दुइ बटा बिद्यालय र स्वास्थ्य चौकीको भवन ३ नं प्रदेशका सांसद शान्तिप्रसद पौडेलले हस्तान्तरण गनुभएको छ ।
भवन हस्तान्तरण कार्यक्रमका अबसरमा सैपुका २ वटा माबि र स्वास्थ्य चौकीको तर्फबाट काम फर सुद नेपाल लाई भबन निर्माण र अन्य प्राबिधिक सहयोग तथा दक्ष जनशक्ती उत्पादनमा उल्लेख्य सहयोग गरेको भन्दै प्रसंसा पत्र सहित सम्मान गरेको थियो ।