साप्ताहिक संवाददाता
जेष्ठ १, २०७६
कुनै बेला सलमान खानकी प्रेमिका भनिएकी कटरिना कैफले कालान्तरमा सलमानलाई छाडेर रणवीर कपुरको हात समातिन् । रणवीरसँग पनि अलग भएपछि सलमान र कटरिना कैफ एक पटक फेरि सँगै चलचित्रमा देखिने भएका छन् ।
ब्रेकअपपछि पनि टाइगर, टाइगर जिन्दा है तथा भारत (प्रदर्शनका लागि तयार) मा सँगै काम गरिसकेको सलमान र कटरिनाको जोडी अब टाइगर जिन्दा है को सिक्वेल टाइगर—३ मा देखा पर्नेछ । कुनै बेला बलिउडको हटकेक मानिएको सलमान र कटरिनाको जोडीले अहिलेसम्म ६ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् ।