• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धको स्तूपा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धको स्तूपा
जेष्ठ ६, २०७६

लन्डनको मुटु ट्राफलगर स्क्वायर, सायदै कोही होला, लन्डन पुग्दा त्यहाँ घुम्न वा फोटो खिचाउन नचाहने । त्यही विश्वप्रसिद्ध स्थान गएको आइतबार साँझ नेपालमय देखियो ।

नेपाली गीत–संगीतसँगै मौलिक नेपाली नृत्य प्रस्तुत हुँदा त्यहाँ घुम्न पुगेका पर्यटकहरू दंग पर्दै फोटो खिचाइरहेका पाइन्थे । बाइवान गेटवानफ्रीको अफरजस्तै लन्डन घुम्न आएका पर्यटक लन्डनसँगै नेपाल पुगेको महसुस गरिरहेका थिए । 

अवसर थियो २५६३ औं बुद्धजयन्तीको । बुद्ध फाउन्डेसन, यूके तथा कपिलवस्तु समाज, यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड एवं गैरआवासीय नेपाली संघ, बेलायत आदिको सहकार्यमा बुद्धजयन्तीको ऊक्त कार्यत्रमको मेसो मिलाएका हुन् । 

भैरव, लाखे नाचदेखि कुमारी प्रदर्शन विदेशीहरूलाई आकर्षित गर्ने थप प्रस्तुति थिए, साथै बुद्धको स्तूपा र ध्वजापताकाले नेपालकै स्वयम्भू, बौद्ध र लुम्बिनीको झझल्को दिइरहेका थिए । लोकप्रिय गायिका शर्मिला बर्देवाको सुमधुर स्वरमा जहाँ छन् बुद्धका आँखा... र वाद्यवादकहरूको समूहबाट रेशम फिरीरी... धुन गुन्जँदा उपस्थित सबै मन्क्रमुग्ध देखिन्थे । 

समारोहलाई सम्बोधन गर्दै कार्यत्रमका प्रमुख अतिथि तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दयारत्न बज्राचार्यले भगवान बुद्धको जन्मस्थान लुम्बिनीबाट शान्ति, अहिंसा र मैत्रीको संदेश लिएर आफू बेलायत आएको बताए । उनले अक्सफोर्डलगायत बेलायतका विभिन्न विश्वविद्यालयमा बौद्ध धर्म र दर्शनका विषयमा अध्ययन–अध्यापन भैरहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउँदै ती विश्वविद्यालयसँग सहकार्य गर्न आफूहरू तयार रहेको पनि बताए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने विषयमा अब कुनै शंका नरहेको बताउँदै आउँदो वर्ष बेलायतबाट १ लाख पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउन आह्वान गरे ।

लुम्बिनी क्षेत्रको पुरातात्विक खोजमा संलग्न ब्रिटेनको डरहम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङघमले १ सय २३ वर्ष अघि सन् १८९६ मा जनरल खड्गशमशेर तथा एलोइस एन्टन फुहररले नेतृत्व गरेको टोलीले लुम्बिनीमा सम्राट अशोकले गाडेको अशोक स्तम्भ पत्ता लगाएको बताए । उक्त स्तम्भमा लुम्बिनीमै गौतम बुद्धको जन्म भएको स्पष्ट उल्लेख गरिएको जानकारी दिँदै उनले लुम्बिनी क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी पुरातात्विक महत्वका स्थान रहेको बताए । रविनले लुम्बिनी क्षेत्रका पुरातात्विक महत्वका स्थानहरूको संरक्षण गर्ने कुरामा विशेष ध्यान दिन सुझावसमेत दिए ।

समारोहमा लेबर पार्टीका संसद् वीरेन्द्र शर्मा, रोयल बरो अफ केन्जिङ्टन एण्ड चेल्सीकी मेयर मेरी टेरेस रोसी, रशमुर बरो काउन्सिलका काउन्सिलर पल टेलर, एनआरएन यूकेका प्रतिनिधि आदिले पनि मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रिय गौरवको विषयमा लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउन पाउनु सम्पूर्ण नेपालीका लागि ऐतिहासिक भएको बताए । समाजसेवी शिवजी श्रेष्ठले संयोजन गरेको ऊक्त कार्यत्रमको अन्त्यमा विश्वशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik