साप्ताहिक संवाददाता
जेष्ठ ७, २०७६
महेश भट्टकी छोरी आलिया भट्टले बलिउड तताइरहेका बेला अर्की आलिया बलिउडमा इन्ट्री गर्न तयार छिन् । उनी हुन्– आलिया फर्निचरवाला ।
यी अर्की आलिया कुनै समयकी सेक्स बम अभिनेत्री पूजा बेदी तथा फरहान फर्निचरवालाकी छोरी हुन् ।
चलचित्रमा इन्ट्री गर्नुअघि नै आफ्नो बोल्ड फोटो सेसन तथा सेक्सी अदाका कारण चर्चा आइसकेकी आलियालाई सैफ अलि खानको जोडीका रुपमा निर्माणाधीन चलचित्र ‘जवानी जानेमन’मा हेर्न पाइनेछ ।