साप्ताहिक संवाददाता
हालै फिलिपिन्समा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ज्वेल अफ द वर्ल्ड २०१९ मा नेपालका तर्फबाट सहभागि बनेकी अपेक्षा खड्कालाई अवार्ड प्राप्त भएको छ । प्रतियोगितामा अपेक्षालाई ट्यालेन्ट विधातर्फ फस्ट रनर अपको अवार्ड प्राप्त भएको हो ।
काठमाडौंको कलंकी निवासी २६ वर्षिया अपेक्षा खड्का नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले नेपालको तर्फबाट चयन गरेको हो । सो प्रतियोगितामा सहभागि हुनका लागि अपेक्षाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धीत अभिमूखीकरण र ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् ।
पााच फिट ६ इन्च उाचाईकी अपेक्षा विगत ६ वर्ष देखि मोडलिङ क्षेक्रमा सत्रिय रहादै आएकी छिन् । यसवीचमा उनले केही रनवे शो, म्युजिक भिडियोहरु तथा प्रिन्ट तथा टेलिभिजन विज्ञापनका मोडल रुपमा आफूलाई प्रस्तुत गरिसकेकी छिन् ।
उनले पोखरामा हालै संचालन भएको इन्टरनेसनल फेसन वीक नेपालमा शो स्टपरका रुपमा रनवेमा प्रस्तुत भएकी थिइन् । उनी चलचित्र लखपती माग्ने मार्फत् नेपाली रचतपटमा डेब्यु देखा पर्दैछिन् ।