चितवनमा युनिक्याम्पस एकेडेमिक मेला

- साप्ताहिक संवाददाता

जेष्ठ १०, २०७६

 

भोली शनिबार चितवनको नारायणगढस्थित युनिक्याम्पसमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुँदैछ । स्टुडेन्टको भेला, एकेडिमिक मेला नारा दिएर आयोजना हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको छ ।

शहिदचोकस्थित युनिक्याम्पसकै प्राङ्गणमा आयोजना हुन लागेको एकेडिमिक मेलामा तालिम प्राप्त सर्टिफाइड अनुभवि इन्सट्रक्टरहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेका अनुसार पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि यो मेला उपयोगी हुनेछ ।

विदेश जानुपूर्ब गर्नुपर्ने तयारीबारे आबश्यक जानकारी  प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना हुन लागेको हो । बिहान १० बजे सूरु हुने मेला साझ ५ बजेसम्म चल्नेछ ।

यो मेलामा पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुलाई परामर्श तथा सुचना दिइने युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेले बताए ।

प्रकाशित :जेष्ठ १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×