साप्ताहिक संवाददाता
जेष्ठ १३, २०७६
पछिल्ला केही दिन अन्तर्राष्ट्रिय मिडियाको आँखा टीयूको क्रिकेट मैदानमा रह्यो र त्यसको कारण थियो, त्यहाँ भएको फरक खालको क्रिकेट प्रतियोगिता । त्यहाँ पहिलो ह्विलचियर एसियाकप ट्वान्टी–२० क्रिकेटको आयोजना भएको थियो ।
नेपाल पनि सहभागी प्रतियोगितामा विजेता रह्यो— पाकिस्तान । पाकिस्तानले फाइनलमा भारतलाई ५ विकेटले हराएको थियो । फरक क्षमता भएका खेलाडीबीच सञ्चालित प्रतियोगिताका कारण विश्व मिडियाको ध्यान त्यता तानियो ।
प्रतियोगिताका धेरैभन्दा धेरै तस्बिर विदेशी मिडियामा छाए । आखिर यो प्रतियोगिता नै यस्तै थियो, जसले अरू धेरैलाई सकारात्मक रहन र उत्प्रेरित रहन मद्दत गर्थ्यो ।