साप्ताहिक संवाददाता
जेष्ठ १३, २०७६
काठमाडौं
बलिउडका चर्चित अभिनेता अजय देवगनका बुवाको निधन भएको छ । उनका बुबा वीरु देवगनको सोमवार सुर्या अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
उनका बुबा लामो समयदेखी बलिउड उद्योगमा कार्यरत थिए । दर्जनौं चलचित्रमा द्वन्द्व निर्देशन गरेका वीरु लामो समयदेखि अस्वस्थ्य थिए । बलिउडमा ४५ बर्षदेखि बलिउडमा कार्यरत उनले ‘हिन्दुस्तानकी कसम’ चलचित्रको निर्देशन समेत गरेका छन् ।
भारतको अमृतसारस्थित पन्जावमा जन्मिएका विरुका दुई सन्तान छन् । अजय देवगन र अनिल देवगन चलचित्र क्षेत्रमै कार्यरत छन् ।