साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७६
बुल आई
बियरको यो ककटेल क्युवाको प्रिय बियर ककटेल हो । यो ककटेल बनाउन एउटा क्यान बियरमा ४ चम्चा कागतीको रस, एक चम्चा अदुवाको रस तथा दुई चम्चा चिनी हालेर चिनी घुल्ने गरी चलाउने । त्यसमाथि आइसका टुक्रा राख्ने र माथि पुदिनाको पातले सजाएर सर्भ गर्ने ।
कोउप डि भिल्ली
मेक्सिकोमा बढी रुचाइने वियरको यो ककटेल कोउप डि भिल्लीको निर्माण मेक्सिकन वियरमा अत्याधिक हुने गरेको छ । यो ककटेल वियरको परम्परागत स्वाद र नसामा नयाँ रंग दिन सफल मानिन्छ । यो ककटेल तयार पार्न टकिला, सुन्तलाको रस तथा कागतीको रस दुई सय–दुई सय एमएल मिसाउने अनि त्यसमा ६ क्यान चिसो वियर खन्याउने । यसलाई माथिबाट आइसक्युव तथा कागती हालेर गार्निस गर्न सकिन्छ ।